राजनीति


पूर्वविशिष्टको सेवा सुविधाबारे सञ्चारमाध्यमले भ्रम फैलाए : प्रकाशशरण महत

पूर्वविशिष्टको सेवा सुविधाबारे सञ्चारमाध्यमले भ्रम फैलाए : प्रकाशशरण महत

नेपालखबर
चैत ३, २०८१ आइतबार २०:४४, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले पूर्वविशिष्टहरूलाई सेवा सुविधा थप्ने भनेर सञ्चारमाध्यमले भ्रम फैलाएको आरोप लगाएका छन्।

आइतवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग उनले यस्तो आरोप लगाएका हुन्। उनले देशको सीमित स्रोत साधनबाट धेरै महत्वपूर्ण काम गर्नुपर्ने बताए। उनले देशले धान्नसक्ने गरेरमात्र सेवा सुविधा दिनुपर्ने बताए। 

उनले मिडियाले गलत समाचार संप्रेषण गरेर भ्रम सिर्जना गरेको आरोप लगाए। उनले देशको अर्थतन्त्रलाई हेर्दा बरु सेवा सुविधा घट्ने तर कुनै हालतमा नबढ्ने दावीसमेत गरे। 

पूर्वविशिष्टहरूलाई दिने सेवा सुविधाबारे कानूनको आवश्यकता महशुस गरेर सरकारले यस विषयमा मस्यौदा ल्याउने खोजेको उनको भनाइ छ।

‘यसमा सत्यता छैन, बढ्ने भन्ने कुरो हुनै सक्दैन‚ घट्न सक्ला तर बढ्दैन। यसविषयमा कानून चाहिन्छ भनेर कानून ड्राफ्टको कुरा सरकारले गर्‍या होला तर बाहिर सार्वजनिक रुपमा मिडियामा बढाउन खोज्यो भनेर आयो त्यसमा कुनै सत्यता छैन‚’ उनले भने, ‘यो भ्रमपूर्ण कुरा हो। भोलि कानून आयो भने घट्ला बढ्न चाहिँ बढ्दैन। देशको स्रोत, साधन र क्षमतामा मध्यनजर राखेर सेवा सुविधाको कुरा गर्नुपर्छ।’

सांसद महतले विगतमा कांग्रेसले जनप्रतिनिधिले शासनसत्ता चलाउने गरी एकताको प्रतिकका रुपमा राजा स्वीकार गरेको बताए। राजाले नै जनताको अधिकार खोसेर हातमा लिएपछि कांग्रेसले गणतन्त्रको बाटो रोजेको उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad