खेल


राष्ट्रिय महिला कबड्डीमा एपीएफ च्याम्पियन

राष्ट्रिय महिला कबड्डीमा एपीएफ च्याम्पियन

नेपालखबर
चैत ३, २०८१ आइतबार २०:५१, काठमाडौँ

त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफले राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको २०औं संस्करणको उपाधि उचालेको छ।

आइतवार सम्पन्न फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबमाथि २८–२२ अंकले हराउँदै उपाधि जितेको हो। निकै रोमाञ्चक भएको फाइनलमा आर्मीले खेल सकिन केही समय मात्र बाँकी छँदा अग्रता लिएको थियो। आर्मीले २०–१७ अंकले अग्रता लिए पनि जोगाउन नसक्दा नतिजा सुम्पिन पुगेको हो।

एपीएफले आर्मीकी रेडर गंगा घिमिरेलाई रोक्दै खेलमा फर्किन सफल भयो। उनलाई उत्कृष्ट ट्याकल गर्दै एपीएफले २०–२० को बराबरी गर्‍यो। यहाँबाट एपीएफले अग्रता लिँदै आर्मीमाथि पूर्ण दबाव पनि बनायो। यो अग्रता कायम राख्दै आर्मी जित निकाल्न सफल भयो।

त्यसअघि आइतबार नै भएको दोस्रो सेमिफाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई ३३–२८ अंकले हराउँदै उपाधि भिडन्त तय गरेको हो। आर्मीले भने सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशलाई ४२–१८ अंकले सहजै हराउँदै फाइनलमा स्थान बनाएको हो।

प्रतियोगिताको विजेता एपीएफले दुई लाख, आर्मीले एक लाख र सेमिफाइनलमा पराजित भएका पुलिस र सुदूरपश्चिम प्रदेशले समान ५० हजार रुपैयाँ पाए। विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघका पदाधिकारीले पुरस्कृत गरेका थिए।

यस प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेशले प्रतिस्पर्धा गरेका थिए। यस प्रतियोगिताबाट जुनमा हुने विश्वकपका लागि खेलाडी छनोट गरिने भएको छ। प्रतियोगिताकी उत्कृष्ट रेडर पुलिसकी मानमती बिष्ट र उत्कृष्ट डिफेन्डर एपीएफकी जयन्ती बडू भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad