राजनीति


प्रचण्डको फोटो जलाउने बम रिहा

प्रचण्डको फोटो जलाउने बम रिहा

नेपालखबर
चैत ३, २०८१ आइतबार २०:३६, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका केन्द्रीय सचिव निराजन बम प्रहरी हिरासतबाट रिहा भएका छन्।  

चितवनको भरतपुर विमानस्थलबाट चितवन प्रहरीले पक्राउ गरेको बमलाई मकवानपुर प्रहरीले मकवानपुर प्रहरी कार्यालयमा ल्याएको थियो।

उनलाई छुटाउनको लागि नेकपा माओवादी केन्द्रका नेताहरू जिल्ला प्रहरी कार्यालय पुगेका थिए। माओवादी मकवानपुर  इन्चार्ज विजय गौतमसमेतको टोलीले जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा बमलाई छडिदिन आग्रह गरेका थिए।

जिल्ला प्रशासन कार्यालयमा भएको एक छलफलमा गल्ती स्वीकारेर माफी मागेपछि उनलाई छोडिएको मकवानपुर प्रहरीले जनाएको छ।

शनिबार हेटौंडामा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा  सङ्घीय सांसद दीपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बमले रोस्टमै उभिएर गणतन्त्रविरोधी नारा लगाउँदै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad