राजनीति


एक लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिन्छ : मन्त्री अधिकारी

एक लाख भूमिहीनलाई लालपुर्जा वितरण गरिन्छ : मन्त्री अधिकारी

नेपालखबर
चैत ३, २०८१ आइतबार १९:२०, काठमाडौँ

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आगामी असारसम्म एक लाख भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बताएका छन्। भूमि समस्या समाधान आयोगमा नयाँ नेतृत्व आएपछि पहिलोपटक चितवनबाट जग्गाधनी प्रमाण पुर्जा वितरण सुरु भएको छ।

आइतबार भरतपुर महानगरपालिका र रत्ननगर नगरपालिकामा बसोबास गर्ने २५३ भूमिहीन दलित र भूमिहीन सुकुम्वासी परिवारलाई मन्त्री अधिकारीले जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेका हुन्।

लालपुर्जा वितरण कार्यक्रम सुरु गर्दै मन्त्री अधिकारीले यही सरकारमार्फत भूमि क्षेत्रका समस्याहरूको दिगो समाधान खोजिने बताए। उनले मध्य नेपालको चितवनबाट सुरु भएको लालपुर्जा वितरण पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्म भूमि समस्या समाधान नभएसम्म निरन्तर चल्ने बताए।  

सो अवसरमा उनले भूमिसम्बन्धी समस्या समाधानका लागि सरकारले नयाँ कानुनको व्यवस्था गर्ने बताए। अहिले गौचरन, चिहानडाँडा, मध्यवर्ती क्षेत्र, वन क्षेत्र, नुन खर्क लगायतका क्षेत्रका बस्तीमा समस्या देखिएको बताउँदै उनले यस्ता समस्या समाधानका लागि सरकारले काम गरिरहेको जानकारी दिए। सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत समस्या समाधानको उपाय खोजेको भए पनि अहिले राष्ट्रियसभामा गएर अड्किएको र विधेयकमार्फत लगेर भएपछि भूमिहीनलाई लालपुर्जा दिने काम अघि बढाउने मन्त्री अधिकारीको भनाइ छ।

सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad