ad ad

राजनीति


मुलुक संकटमा परेको बेला सुरक्षा निकायको भूमिका बढी हुन्छ : गृहमन्त्री

मुलुक संकटमा परेको बेला सुरक्षा निकायको भूमिका बढी हुन्छ :  गृहमन्त्री

नेपालखबर
चैत १३, २०७६ बिहिबार ११:४८,

गृहमन्त्री रामबहादुर थापाले सरकारले घोषणा गरेको लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रहरीका उच्च अधिकारीहरुलाई निर्देशन दिएका छन्।

बुधबार मात्रै एआईजीमा पदस्थापन भएका तीन एआईजीसहित मन्त्रालय पुगेका आईजीपी ठाकुर प्रसाद ज्ञावलीलाई गृहमन्त्री थापाले नागरिकको स्वास्थ्यका लागि यसलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन्।

‘मुलुक अहिले कोरोनाको संकटमा छ, यसबेला सुरक्षा निकायको भूमिका बढी हुन्छ, यो हाम्रो परीक्षाको घडी पनि हो,’ गृहमन्त्री थापाले भने, ‘आफ्नो जिम्मेवारी इमान्दारीपुर्वक पालना गर्नुहोस्।’

नवनियुक्त एआईजीहरुलाई बधाई तथा शुभकामना दिँदै गृहमन्त्री थापाले नम्र भएर जनतालाई यसको पालना गराउन र कुनै पनि समस्या भए तत्काल त्यहाँ पुग्न निर्देशन दिए।

कालाबजारीको अनुगमन बढाउन र स्वास्थ्य संस्थाका गतिविधि पनि निगरानी गर्न गृहमन्त्रीले प्रहरीका उच्च अधिकारीहरुलाई भनेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .