ad ad

समाज


एकै दिन १८२ संक्रमित भएपछि रुसी राजधानीमा पनि लक डाउन

एकै दिन १८२ संक्रमित भएपछि रुसी राजधानीमा पनि लक डाउन

नेपालखबर
चैत १३, २०७६ बिहिबार ११:४२,

कोरोना भाइरसबाट संक्रमितहरुको संख्या ८ सय ४० पुगेपछि रुसको राजधानी मस्कोमा पनि लक डाउन घोषणा गरिएको छ।

राष्ट्रपति भ्लादिमिर पुटिनले खाद्यान्न र औषधि पसलबाहेक सबै रेस्टुराँ, क्याफे, बार, पसल बन्द गर्ने घोषणा गरेका छन्। यो बन्दाबन्दी मार्च २८ देखि अप्रिल ५ सम्म लागू हुनेछ।

शुक्रबारदेखि लागू हुनेगरी सबै आन्तरिक र बाह्य उडान पनि रुसले बन्द गरिसकेको छ।

सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न भनिएको छ।

गत २४ घण्टामा रुसमा १ सय ८२ जना संक्रमित भएका थिए। हालसम्म रुसमा कोरोनाबाट ३ जनाको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .