ad ad

कारोबार


उद्योग मन्त्रालयले परराष्ट्रलाई भन्यो : अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन चीन र भारतसँग कुरा गर

उद्योग मन्त्रालयले परराष्ट्रलाई भन्यो : अत्यावश्यक वस्तु आपूर्ति सहज बनाउन चीन र भारतसँग कुरा गर

नेपालखबर
चैत १३, २०७६ बिहिबार ११:५२,

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार अत्यावश्यक वस्तु आपूर्ति असहज हुनथालेको भन्दै चीन र भारतसँग कुरा गर्न परराष्ट्र मन्त्रालयलाई आग्रह गरेको छ।

अत्यावश्यक वस्तुहरु खाद्यान्न, औषधि, औषधिको कच्चा पदार्थलगायतको आपूर्ति असहज हुनथालेको भन्दै तत्काल भारत सरकार वा समकक्षी निकायसँग वार्ता गर्न मन्त्रालयले पत्रमार्फत परराष्ट्रलाई आग्रह गरेको प्रवक्ता उर्मिला केसीले जानकारी दिइन्।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै नेपाल र भारत दुवैले पूर्वसतर्कता र सुरक्षा अवलम्बन गर्ने क्रममा लकडाउन गरेका छन्।

यसको प्रभाव अत्यावश्यक वस्तु आपूर्तिमा समेत देखिन थालेको छ। प्रकोपबाट जोगाउँदै न्यूनतम मानवीय आवशयकता पूरा गराउने कार्यमा प्राथमिकता दिनुपरेकोले यी वस्तु आपूर्ति सहज गराउनुपर्ने उद्योग मन्त्रालयले जनाएको छ।

नेपालको करिब दुई तिहाइ व्यापार भारतसँग हुने गरेको छ। त्यसकारण पनि आपूर्ति चक्रलाई नियमित बनाउनुपर्ने र भारत तथा तेस्रो देशबाट ट्रान्जिट हुँदै आउने वस्तुको पारवहन सुचारु हुन आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

यसका लागि भारतीय सहयोग अपरिहार्य हुने भएकोले परराष्ट्रले तत्काल पहल गर्नुपर्ने ठहर गर्दै मन्त्रालयले पत्र पठाएको हो।

यसअघि नै अत्यावश्यक तथा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति व्यवस्था मिलाउन आवश्यक भएको भन्दै नोवल कोरोना भाइरस संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बुधबार बसेको बैठकले चीनतर्फका रसुवागढी र तातोपानी नाकाबाट सामान आयातनिर्यात कार्य सुचारु गर्ने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कृषि विकास तथा पशुपन्छी मन्त्रालयले तयार गरेको स्वास्थ्यसम्बन्धी प्रोटोकलअनुसार चीनतर्फका दुई नाका खोल्ने निर्णय गरिएको थियो। यसबारे पहल गरिदिन समेत मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई आज पत्र पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .