राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए।
बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, आन्दोलनको तयारी र भावी रणनीतिलगायत विविध विषयमा छलफल हुने उनले बताए।
यही फागुन २५ गते राप्रपासहितले काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्दै शक्ति प्रदर्शन गरेका थिए।
120
Shares

प्रतिक्रिया