राजनीति


सगरमाथा संवादको तयारी चुस्त बनाउनुस् : प्रधानमन्त्री ओली

सगरमाथा संवादको तयारी चुस्त बनाउनुस् : प्रधानमन्त्री ओली

नेपालखबर
चैत १, २०८१ शुक्रबार १६:५३, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौैँमा आयोजना हुन लागेको सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सगरमाथा संवादको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त भएको सन्देश अन्तरराष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिए।

संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरेको छ। 

सचिवालयका सदस्य सचिव डा महेश्वर ढकालले कार्यक्रमको हालसम्मको तयारीबारे छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने जानकारी दिए।प्रधानमन्त्री ओलीले अन्तरराष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा सगरमाथा संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए। 

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad