राजनीति


हिन्दुराजा चाहिएकै हो भने भारतमै बनाऊ: शंकर पोखरेल

हिन्दुराजा चाहिएकै हो भने भारतमै बनाऊ: शंकर पोखरेल

एमाले महासचिव शंकर पोखरेल र पूर्वराजा ज्ञानेन्द्र शाह


नेपालखबर
फागुन २७, २०८१ मंगलबार २०:१४, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिन्दुराजा बनाउन भारतबाट दबाब आइरहेको दाबी गरेका छन्।

विश्वमा कतै पनि हिन्दुराजा नभएको भन्दै  कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकले ज्ञानेन्द्र शाहलाई त्यसको सम्मान दिनु भनिरहेको पोखरेलको भनाइ छ। 

त्यसो हो भने भारतमै हिन्दुराजा बनाउन पोखरेलले सुझाव दिएका छन्। 

‘अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन्। विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन्। नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताइरहेका छन्’, एमाले महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘उनीहरूको चिन्ता उनीहरूले भन्ने गरेजस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुन:स्थापित गर्दा भयो नि! तर त्यो सम्भव छैन। किनकि भारतीय संविधानले त्यसो गर्न दिँदैन। नेपालको हकमा पनि त्यस्तै त हो नि, हैन र?’

यस्तो छ एमाले महासचिव पोखरेलको पूरा वक्तव्य-

धार्मिक राज्य र हिन्दुराजाको सन्दर्भ

ब्रिटिसहरूले भारतमा उपनिवेश चलाइरहँदा ५५० भन्दा बढी रियासतहरूलाई आफ्नो अधीनमा राखेका थिए। तिनीहरूमा अधिकांशमा राजा, नवाव र महाराजाहरू थिए। त्यसमध्ये अधिकांश हिन्दु थिए। जसलाई विष्णुको अवतारका रूपमा मान्ने संस्कृति पनि थियो। सरदार वल्लवभाइ पटेलले भारतीय स्वतन्त्रतापछि ती रियासतहरूलाई अन्त्य गरेका थिए। कतिपयले अधिनस्थता अस्वीकार गरेपछि बल प्रयोगबाट भारतमा विलय गरिएको थियो।

अहिले कतिपय भारतीय नेता, धर्मगुरु र प्रशासकहरू नेपालमा हिन्दुराजाको आवश्यकताको चर्चा गरिरहेका छन्। विश्वमा विभिन्न धर्म मान्ने धार्मिक राज्यहरू अस्तित्वमा रहेको बताउँदै हिन्दुहरूको राजा नभएको भनेर चिन्ता प्रकट गरिरहेका छन्। नेपालको पूर्वराजालाई त्यो सम्मान दिनु उचित हुने बताइरहेका छन्। उनीहरूको चिन्ता उनीहरूले भन्ने गरेजस्तै हो भने भारतमा नै ती हिन्दु धर्मावलम्बी राजा र महाराजाहरूलाई पुन:स्थापित गर्दा भयो नि! तर त्यो सम्भव छैन। किनकि भारतीय संविधानले त्यसो गर्न दिँदैन। नेपालको हकमा पनि त्यस्तै त हो नि, हैन र?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad