राजनीति


प्रचण्डले सरकारलाई बिचौलिया भन्नु खेदजनक छ : एमाले प्रमुख सचेतक बर्तौला

प्रचण्डले सरकारलाई बिचौलिया भन्नु खेदजनक छ : एमाले प्रमुख सचेतक बर्तौला

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १७:३७, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसद्ले बनाएको सरकारप्रति माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले लगाएको आक्षेप खेदजनक रहेको बताएका छन्।

मंगलबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै बर्तौलाले झन्डै दुईतिहाइको संसद्ले बनाएको सरकारलाई बिचौलिया भन्नु खेदजनक रहेको भन्दै आफूलाई सच्चाउनुपर्ने उल्लेख गरे।

वर्तमान सरकार सुशासनमा केन्द्रित रहेको भन्दै उनले सरकारमाथि आपेक्ष लगाउने कुरा प्रचण्डको दृष्टिदोष रहेको जिकिर गरे।

बर्तौलाले मुलुकको आवश्यकताका आधारमा कानुनी सुधार गर्नका लागि अध्यादेश ल्याएको भन्दै विपक्षी भएकै कारण विरोध गरिएको बताए। विपक्षी दललाई सदनमा पर्याप्त ठाउँ दिइरहेको धारणा राखे।

प्रधानमन्त्री केपी ओलीको निकै अघिदेखिको पूर्वनिर्धारित कार्यक्रम तय भएका कारण विपक्षी दलका नेता बोल्ने बेला सदनमा उपस्थित हुन नसकेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad