राजनीति


गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र हो : प्रचण्ड

गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र हो : प्रचण्ड

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:४४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारीहरूलाई परास्त गर्ने जिम्मेवारी फेरि एकपटक क्रान्तिकारीहरूको काँधमा आएको बताएका छन्। पार्टीको भ्रातृ संगठन वाईसीएल नेपालको बैठक उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन्।

प्रचण्डले जनताले अस्वीकार गरेका र वैधानिक रुपमा जनताले मिल्काइसकेका शक्तिले बेलाबेलामा टाउको उठाउने प्रयास गर्नु अस्वाभाविक नभएको बताए। उनले त्यस्ता प्रयासविरुद्ध अझ बढी संगठित र सशक्त भएर उनीहरूलाई पूर्णरुपमा परास्त गर्नु क्रान्तिकारीहरूको दायित्व हुने बताए।

सरकारले गरिरहेको गलत क्रियाकलापका कारण प्रतिगामी र प्रतिक्रान्तिकारीहरूले आफूलाई स्पेस पाएको महसुस गर्न थालेको टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले यसलाई क्रान्तिकारीहरूले क्रान्ति पूरा गर्ने अवसरको रुपमा लिनुपर्ने बताए।

आफ्नो पार्टीले २०६२ सालमै गणतन्त्र स्थापनापछि पनि क्रान्तिकारी र प्रतिक्रान्तिकारी बीच बेलाबेला टक्कर चलिरहने र समाजवादी गणतन्त्रका लागि थप संघर्ष गर्नुपर्छ भन्ने विश्लेषण गरिएको स्मरण गराउँदै उनले अहिले त्यही संघर्षको विन्दु सुरु भएको स्पष्ट पारे। गणतन्त्रको विकल्प कुनै पनि नामको निरंकुशता नभई समाजवादी गणतन्त्र भएकाले यसमा बल दिएर अगाडि जानुपर्ने बेला आएको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad