समाज


मधेस प्रदेशका गृहमन्त्री लेखीका पीएसओको मृत्यु

मधेस प्रदेशका गृहमन्त्री लेखीका पीएसओको मृत्यु

नेपालखबर
फागुन २७, २०८१ मंगलबार १३:४८, काठमाडौँ

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ। 

मन्त्री लेखीको सुरक्षामा खटिएका असई वीरेन्द्रकुमार यादवको सोमबार राति १२ बजेतिर मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले बताए। 

एसएसपी कोइरालाका अनुसार आइतबार राति ११ बजेतिर अचानक पेट र छाती दुखेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। तर त्यहाँ ठिक नभएपछि सोमबार थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोमबार राति १२ बजेतिर अस्पतालले मृत घोषणा गरेको कोइरालाले नेपालखबरलाई जानकारी दिए। 

सिरहाको सुखचैना घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरमा थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad