राजनीति


खुमलटारमा माओवादी पदाधिकारी बैठक, समसामयिक राजनीतिबारे प्रचण्डको ब्रिफिङ

खुमलटारमा माओवादी पदाधिकारी बैठक, समसामयिक राजनीतिबारे प्रचण्डको ब्रिफिङ

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८१ सोमबार ८:४८, काठमाडौँ

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ।

अध्यक्ष प्रचण्डको निवास खुमलटारमा ८ बजेदेखि बैठक बसिरहेको हो।

बैठकमा चार/पाँच वटा एजेन्डा प्रस्तुत भएको एक नेताले नेपालखबरलाई जानकारी दिए।

तराई-मधेस जागरण अभियान बीचमै रोकेको माओवादी केन्द्रले सोमबार बिहानै पदाधिकारी बैठक राखेको हो।

राजावादीको प्रदर्शन, स्ववियु चुनाव, सरकारका गतिविधिलगायत विषय छलफलका मुख्य एजेन्डा हुन्।

बैठकमा अध्यक्ष प्रचण्डले समसामयिक राजनीतिबारे ब्रिफङ गरिरहेका छन्।

आइतबार मात्र राजधानीमा राजावादीले पोखराबाट फर्केका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्दै शक्ति प्रदर्शन गरेका थिए। 

फागुन १२ गते झापाको कचनकवलबाट सुरु 'जनतासँग माओवादी, तराई-मधेस जागरण  अभियान' शनिबार फागुन २४ गते रौतहट आइपुगेको थियो। तर राजावादीहरू सक्रिय हुन थालेको भन्दै माओवादी केन्द्रले अचानक अभियान स्थगन गरेको थियो।  

अभियान स्थगन गर्नुअघि रौतहटमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तामा आउने इच्छा भए पार्टी खोल्न र चुनाव लड्न पूर्वराजा शाहलाई सुझाव दिएका थिए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले चेतावनी दिँदै अगाडि भनेका थिए, ‘जनताले उदारतापूर्वक कारबाही गर्नुको सट्टा आरामसित बस्न दिएको हो। उदारतालाई राजाले कमजोरी ठानेको हो भने पार्टी खोलेर चुनाव लड्न आए हुन्छ। जबर्जस्ती गर्न खोजियो भने त्यो सह्य हुन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad