सर्लाहीको हरिवनमा रहेको इन्दु शंकर चिनी उद्योगको आधिकारिक ट्रेड युनियनमा माओवादी केन्द्र निकट मजदुर संगठन विजयी भएको छ।
आइतबार सम्पन्न निर्वाचनमा माओवादी केन्द्र निकट अखिल नेपाल औद्योगिक मजदुर संघ विजयी भएको हाे।
अखिल नेपाल ट्रेड युनियन महासंघ सर्लाहीका अध्यक्ष तुलसी पौडेलले दिएकाे जानकारी अनुसार निर्वाचनमा कुल ३१७ मत खसेको थियो। जसमा औधोगिक मजदुर संघले २०६ मत प्राप्त गरेको छ।
निर्वाचनमा एमाले निकट समग्र उद्योग ट्रेड युनियनले ६७ मत मात्रै प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। खसेका मतमध्ये ४४ मत बदर भएको थियो।
इन्दु शंकर चिनी उद्योग देशकै सबैभन्दा ठूलो चिनी उद्योग हो।
549
Shares

प्रतिक्रिया