कारोबार


इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाले पायो ३२८ बुकिङ

इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा नेटाले पायो ३२८ बुकिङ

नेपालखबर
फागुन २५, २०८१ आइतबार १८:४, काठमाडौँ

पीटी नेटा अटो इन्डोनेसियाले यस वर्षको इन्डोनेसिया इन्टरनेसनल मोटर शोमा ३२८ वटा बुकिङ पाएको छ। 

पहिलोपटक यस शोमा सहभागी भएको कम्पनीले नेटा भी र नेटा एक्सको उक्त संख्यामा बुकिङ पाएको हो। 

गत फेब्रुअरी १३ देखि २३ सम्म जकार्तामा उक्त शो आयोजना गरिएको थियो। 

पीटी नेटा अटोका प्रबन्धनिर्देशक क्रिस लानले यो उपलब्धिले इन्डोनेसियाली ग्राहकको कम्पनीप्रतिको विश्वास देखाउने बताए। 

‘उच्च गुणस्तरीय, किफायती विद्युतीय सवारी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप मजबुत बनाउँछ’, उनले भने। 

आईआईएमएसमा नेटाले नेटा भी२ अर्बान स्पोर्ट कन्सेप्ट प्रस्तुत गरेको थियो। निःशुल्क वालचार्जर, विशेष बीमा र लाइफटाइम वारेन्टीजस्ता आकर्षक अफर प्रदान गरिएको जनाइएको छ। 

नेटाले आफ्ना उपभोक्ताहरुलाई विशेष रुपमा स्टलमा बोलाई अन्तक्र्रिया गरेको थियो। 

लानले भने, ‘इन्डोनेसिया विश्वकै ठूला ईभी बजारमध्ये एक बन्ने सम्भावना राख्छ। नेटाले यसलाई समर्थन गर्दै बिक्रीपछिको सेवा सञ्जाल विस्तारमा केन्द्रित रहनेछ।’

यसैबीच नेपालमा नेटाको आधिकारिक वितरक सीजी मोटर्सले १ हजारभन्दा बढी नेटा भी र नेटा एक्स बिक्री गरिसकेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad