नेकपा (माओवादी)केन्द्रले सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहालले सोमबार बिहान सचिवालय बैठक डाकिएको जानकारी दिए।
नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई भर्चुअल रूपमा सम्बोधन गर्दै दाहालले सचिवालय बैठक बस्नेबारे जानकारी गराएका हुन्।
तराई-मधेश जागरण अभियान सञ्चालन गरिरहेको माओवादीले एक्कासी अभियान रोकेर काठमाडौँ केन्द्रित छलफल सुरु गर्न लागेको हो।
माओवादीका नेताहरूले राजावादीहरूको सक्रियतालगायत समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्नका लागि अभियान रोकेर पार्टी बैठकमा केन्द्रित हुनुपरेको बताएका छन्।
माओवादीले एकाएक जागरण अभियान किन रोक्यो? प्रचण्डले दिए ३ कारण
बैठक आज आइतबार बस्ने तयारी भए पनि नारायणकाजी श्रेष्ठसहितका केही नेता काठमाडौँ नआइपुगेकोले सोमबारका लागि सारिएको माओवादी केन्द्रले जनाएको छ।
627
Shares

प्रतिक्रिया