राजनीति


बारमा सत्तापक्ष र विपक्षी गठबन्धन प्रतिस्पर्धामा, यी हुन् उम्मेदवारहरू

बारमा सत्तापक्ष र विपक्षी गठबन्धन प्रतिस्पर्धामा, यी हुन् उम्मेदवारहरू

विजयप्रसाद मिश्र र रमनकुमार श्रेष्ठ


नेपालखबर
फागुन २२, २०८१ बिहिबार २०:४०, काठमाडौँ

नेपाल बार एसोसियसनको निर्वाचनका लागि अध्यक्षमा पाँच जनाको उम्मदवारी परेको छ।

वरिष्ठ अधिवक्ता रमन कुमार श्रेष्ठ, अधिवक्ता राजु कैती, वरिष्ठ अधिवक्ता डा विजय प्रसाद मिश्र, अधिवक्ता उज्वल घिमिरे र अधिवक्ता आशिष पौडेलको उम्मेदवारी दर्ता भएको हो।

महासचिवमा यज्ञमणि न्यौपाने, केदारप्रसाद कोइराला र हरिशरण कार्कीको उम्मेदवारी परेको छ।

त्ता गठबन्धनका प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेनिकट कानुन व्यवसायीका संगठन क्रमशः डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए) ले संयुक्त प्यानल बनाएका छन्। यस गठबन्धनबाट अध्यक्षमा डीएलएका विजयप्रसाद मिश्र अध्यक्ष र महासचिवमा पीपीएलएका केदारप्रसाद कोइराला छन्। 

सत्ता गठबन्धनलाई टक्कर दिन विपक्षी दलहरू माओवादी, रास्वपालगायत पार्टीनिकट संगठनले अर्को प्यानल बनाएका छन्। यस प्यानलमा अध्यक्षमा माओवादीनिकट क्रान्तिकारी कानुन व्यवसायी मञ्च (आरपीएलए) का रमनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन्। महासचिवमा उम्मेदवारी दिएका यज्ञमणि न्यौपाने रास्वपानिकट हुन्।

निर्वाचन समितिले आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको थियो। समितिले दर्ता भएका उम्मेदवारहरूको सूची प्रकाशित गरेको छ।

आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad