नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सीमासम्बन्धी विवादित अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहले अब संसद्मा नभएर देश र जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै आङदेम्बेले कांग्रेसले अब प्रधानमन्त्री शाहलाई लिएर अब प्रश्न नगर्ने बताए। ‘अब प्रधानमन्त्रीको उपस्थित हाम्रा लागि गौण भएको छ,’ आङदेम्बेले भने, ‘प्रधानमन्त्रीले संसद्मा होइन, देश र जनतासँग माफी माग्नुपर्छ।’
उनले अब त्यही विषयलाई लिएर संसद् अवरुद्ध नगर्ने बताए। प्रधानमन्त्री जिम्मेवार नबने पनि प्रतिपक्ष दल जिम्मेवार बन्ने बताए। ‘प्रधानमन्त्री गैरजिम्मेवार बन्यो भनेर प्रतिपक्षी गैरजिम्मेवार बन्न सक्दैन,’ उनले भने।
तथापि, उनले प्रधानमन्त्री शाहको अभिव्यक्तिको विरोध गरे। उनले भने, ‘प्रधानमन्त्रीको भनाइ घोर निन्दनीय र आपत्तिजक छ।’
प्रधानमन्त्री शाहले जेठ १७ गतेको प्रतिनिधि सभाको बैठकमा नेपालले पनि भारतको जमिन मिचेको अभिव्यक्ति दिएका थिए। त्यसलाई लिएर विपक्षी दलले विरोध गर्दै आएका छन्।
Shares

प्रतिक्रिया