समाज


नेपाल बारमा विपक्षीको पनि गठबन्धन : अध्यक्षमा श्रेष्ठ, महासचिवमा न्यौपाने

नेपाल बारमा विपक्षीको पनि गठबन्धन : अध्यक्षमा श्रेष्ठ, महासचिवमा न्यौपाने

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १२:५८, काठमाडौँ

नेपाल बार एसोसिएसनमा सरकारी पक्षीय कांग्रेस-एमालेले गठबन्धन बनाएपछि प्रतिपक्षी दल एकै ठाउँ उभिएका छन्।
 
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र राप्रपाले छुट्टै प्यानल खडा गरेका हुन्।

अध्यक्ष पदमा माओवादीनिकट रमण श्रेष्ठ उम्मेदवार बन्ने भएका छन्। उनको प्रस्तावक वरिष्ठ अधिवक्ता शम्भु थापा छन्। समर्थकमा वरिष्ठ अधिवक्ता सुशील पन्त छन्। 

महासचिवमा राष्ट्रिय स्वतन्त्र पार्टीनिकट यज्ञमणि न्यौपानेले उम्मेदवारी दिँदैछन्। एकीकृत समाजवादीले उपाध्यक्ष पद लिएको छ। 

त्यस्तै सत्तागठबन्धन नेपाली कांग्रेस-नेकपा एमालेले पनि गठबन्धन खडा गरेको छ। उक्त गठबन्धनबाट अध्यक्षमा नेपाली कांग्रेसनिकट डीएलएका विजयप्रसाद मिश्र र महासचिवमा एमालेनिकट पीपीएलएका केदार कोइरालालाई उम्मेदवार बन्दैछन्। मिश्र नेपाल बारका पूर्वमहासचिव हुन्।

आउँदो चैत २३ गते बारमा २५ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि मतदान हुँदै छ।  

आज बिहीबार बिहान ११ बजेदेखि साँझ ३ बजेसम्म उम्मेदवारी दर्ता गर्ने तालिका निर्वाचन समितिले सार्वजनिक गरेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad