चीनले आफू जुनसुकै युद्धका लागि तयार रहेको भनी चेतावनी दिएपछि अमेरिकाले पनि जवाफ दिएको छ।
अमेरिकी रक्षामन्त्री पिट ह्यागसेटले युद्धका लागि अमेरिका पनि तयार रहेको प्रतिक्रिया दिएका हुन्।
फक्स न्युजको कार्यक्रममा उनले भने, ‘हामी पनि तयार छौँ। शान्ति चाहनेहरूले युद्धका लागि पनि तयार हुनुपर्छ।’
उनले थपे, ‘यसैकारण अमेरिकाले आफ्नो सेनालाई बलियो बनाइरहेको छ र प्रतिरोध शक्ति पुनर्स्थापित गरिरहेको छ।’
ह्यागसेटले सैन्य शक्ति कायम राख्नु तनावबाट बच्ने मुख्य तरिका भएको बताए।
उनले भने, ‘हामी चीन वा अन्य देशसँग युद्ध रोक्न चाहन्छौँ भने हामी शक्तिशाली हुनुपर्छ।’
‘र, राष्ट्रपति (ट्रम्प) लाई थाहा छ कि यसले शान्ति ल्याउनेछ। चिनियाँ राष्ट्रपति सी चिनफिङसँग राम्रो सम्बन्ध छ... हामी चीनसँग न युद्ध चाहन्छौँ न त हामी युद्धमा जान चाहन्छौँ...।’
तर पनि रक्षामन्त्रीको नाताले हामी तयार छौँ भनी सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
यसअघि चीनले अमेरिकाले आफूविरुद्ध आयात शुल्क लगाएर व्यापार युद्ध गर्न खोजेको भन्दै आफू जुनसुकै युद्धका लागि तयार रहेको चेतावनी दिएको थियो।
Shares

प्रतिक्रिया