नेपाली कांग्रेसका संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सदनमा राखेको अभिव्यक्तिप्रति रास्वपा सांसद समीक्षा बाँस्कोटाले नियमापत्ति गरेकी छन्। उनले ‘संसद्को चीरहरण’ र ‘मुर्दा शान्ति’ भन्ने शब्दमा नियमापत्ति गरेकी हुन्। यी शब्दहरू आपत्तिजनक भएकाले संसद्को रेकर्डबाट हटाउन पनि उनले माग गरेकी छन्।
‘हामी मुर्दा लास बन्न आएका होइन, मुर्दा शान्ति बन्न आएका होइनौँ, कुन विषय बोल्ने, कुन नबोल्ने हामीलाई थाहा छ, हामी संयमियत हुन चाहान्छौँ,’ उनले भनिन्, ‘हामी सदनको चीरहरण हेर्न आएको होइन, ३५ वर्षदेखि बेथितिको बोझ बोकेर नागरिकको चीरहरण भएको चाहिँ हामी मेटाउन आएका हो।’
सत्तापक्षका सांसदहरूलाई मुर्दा शान्ति भनेर मुर्दाको स्वरुप दिएको भन्दै उनले यस्ता आपत्तिजनक शब्दहरू संसदको रेकर्डबाट हटाउन माग गरेकी हुन्।
आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालले भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिइरहँदा पनि रास्वपा सांसदहरू मुर्दा शान्ति बनेको भनेर आरोप लगाएका थिए। साथै सो अभिव्यक्तिले संसद्को चीरहरण भएको पनि बताएका थिए।
Shares

प्रतिक्रिया