राजनीति


नक्कली शरणार्थीको मुद्दामा अन्तिम सुनुवाइ अघि बढ्यो

नक्कली शरणार्थीको मुद्दामा अन्तिम सुनुवाइ अघि बढ्यो

नेपालखबर
जेठ २७, २०८३ बुधबार १६:५४, काठमाडौँ

नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने भन्दै ठगी गरेको मुद्दामा अन्तिम सुनुवाइ अगाडि बढेको छ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश तेजबहादुर खड्काको इजलासमा बुधबारदेखि यो मुद्दामा सुनुवाइ अगाडि बढेको अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए। 

बुधबार बहस सुरु भएर हेर्दा हेर्दैमा राखिएको छ।

यो विषयमा तीन चरणमा मुद्दा दायर भएको थियो। सुरुमा २०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो।

२०८१ वैशाख ९ गते र २०८१ साउन २९ गते बेचन झाविरुद्ध मुद्दा दायर भएको थियो। 

सुरुका प्रतिवादी रायमाझीसहितका प्रतिवादीहरु थुनामै छन् भने बेचन झा पनि थुनामै छन्। उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ।

यो विषयमा तीन चरणमा मुद्दा दायर भएको थियो। सुरुमा २०८० जेठ १० गते पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित ३० जनाविरुद्ध मुद्दा दायर भएको थियो। २०८१ वैशाख ९ गते र २०८१ साउन २९ गते बेचन झाविरुद्ध मुद्दा दायर भएको थियो। 

सुरुका प्रतिवादी रायमाझीसहितका प्रतिवादीहरु थुनामै छन् भने बेचन झा पनि थुनामै छन्। उनीहरुविरुद्ध ठगी, लिखत कीर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा दायर गरिएको छ। 

यो मुद्दामा पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसभासद् आङटावा शेर्पा, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हज कमिटीका पूर्वअध्यक्ष शमशेर मियाँ र तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राई, पूर्वमन्त्री खाणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, बिचौलिया केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, रामशरण केसी, गोविन्द चौधरी, हरिभक्त महर्जन र सागर राईलाई पनि प्रतिवादी बनाइएको छ। यस्तै बेचन झासँगै प्रतिक थापा पनि प्रतिवादी छन्।

नक्कली भुटानी शरणार्थी प्रकरण : बेचन झाविरुद्ध चार कसुरमा मुद्दा दायर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad