राजनीति


अमेरिकी सहयोग दुरुपयोग गर्नेको सूचीसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

अमेरिकी सहयोग दुरुपयोग गर्नेको सूचीसहित श्वेतपत्र जारी गरियोस्ः सांसद खतिवडा

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १३:४०, काठमाडौँ


नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले अमेरिकी सहयोग दुरुपयोग गर्नेहरूको सूचिसहित श्वेतपत्र जारी गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो माग गरेका हुन्। उनले एनजीओ तथा आइएनजिओमार्फत आएको रकम दुरुपयोग गरिएको भन्दै मुलुककै बद्नाम गरिएको उल्लेख गरे।  

‘एनजिओ र आइएनजीओका नाममा आएका रकमहरू कति छन्,' उनले भने, 'त्यो रकम दुरुपयोग गरियो भनेर सारा नेपाललाई नै बद्नाम गर्ने काम गरेको छ सरकारले भएको के हो श्वेतपत्रको रुपमा जारी गरोस्।’

उनले अमेरिकाले गैरकानूनी रुपमा बसेका गैरआवासीय नागरिक फिर्ता पठाउने क्रममा अमानवीय व्यवहार गरेको समेत बताए।

उनले अन्तर्राष्ट्रिय मानव अधिकार मूल्य मान्यतामा रहेरमात्र गैरआवासीय फिर्ता गर्नसमेत हुने माग गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad