समाज


बुहारीसँग मिलेर सालीको हत्या गरेको आरोपमा ६९ वर्षका वृद्धसहित २ जना पक्राउ

बुहारीसँग मिलेर सालीको हत्या गरेको आरोपमा ६९ वर्षका वृद्धसहित २ जना पक्राउ

नेपालखबर
फागुन २२, २०८१ बिहिबार १३:४१, काठमाडौँ

सालीको हत्या गरेको आरोपमा बर्दियाबाट भिनाजु र उनकी बुहारीलाई प्रहरीले पक्राउ गरेको छ।

ठाकुरबाबा नगरपालिका-१ की राधा बोहोराको हत्याको आरोपमा उनका भिनाजु नाता पर्ने ६९ वर्षीय शान्तबहादुर खत्री र उनकी बुहारी २४ वर्षीया उमाकुमारी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक ऋषिराम घर्तीमगरका अनुसार गत फागुन ४ गते ठाकुरबाबा नगरपालिका- १ भुरिगाउँमा राधाको शव फेला परेको थियो। 

बाहिरबाट ताला लगाएको अवस्थामा आफू बस्दैआएको घरभित्र राधा बोहोराको शव फेला परेपछि प्रहरीले तालिम प्राप्त कुकुरसहित घटनाको अनुसन्धान अघि बढाएको थियो।

‘हत्यामा संलग्न भएको आरोपमा बर्दिया अदालतबाट पक्राउपुर्जी जारी गरी उनीहरूलाई पक्राउ गरेका हौँ,’ घर्ती मगरले भने। 

लेनदेन र घरायसी विवादको कारण उनीहरुले राधाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। उनीहरुलाई म्याद थप गरेर प्रहरीले थप कारबाही प्रक्रिया अघि बढाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad