राजनीति


आज राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिँदैछ प्रतिनिधिसभाबाट स्वीकृत भएका पाँच अध्यादेश

आज राष्ट्रिय सभामा निर्णयार्थ पेस गरिँदैछ प्रतिनिधिसभाबाट स्वीकृत भएका पाँच अध्यादेश

नेपालखबर
फागुन २२, २०८१ बिहिबार ७:३३, काठमाडौँ

संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ। 

राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ। प्रतिनिधिसभाकाे बैठक भने दिउँसाे १ बजे बस्ने छ।

 बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिने कार्यसूची छ। 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूचीमा उल्लेख छ। 

त्यस्तै ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन ध्यादेश, २०८१’ निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। 

‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। 

यी पाँच अध्यादेश बुधबारको प्रतिनिधिसभाको बैठकबाट स्वीकृत भइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad