राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायी सम्बन्धी अध्यादेश ल्याएर सरकारले आफ्नो कमजोरी ढाक्न खोजेको टिप्पणी गरेका छन्।
बुधबारको प्रतिनिधि सभाको बैठकमा सो अध्यादेश अस्वीकार गर्नुपर्नाका तीन कारण उल्लेख गरे।
‘प्रक्रियागत त्रुटी, शासकीय अवैधता र अनुरत्तरदायित्व,’ डा। वाग्लेले भने, ‘६ वटामध्ये एउटा संख्या पुगेन भनेर झिक्निुभयो। चारवटा कोकोलाई लेखाएर गोजीबाट यहाँ प्रस्तुत गर्नुभयो।’
अर्थसमितिमा विचाराधीन विधेयकलाई अध्यादेश ल्याएर सरकारले आफूले काम गर्नए नसकेको ढाकछोप मात्र गरेको भन्दै उनले गम्भीर असहमति जनाए।
‘यो अहिले छलफलमा रहेको अध्यादेश प्रतिनिधि सभा अन्तर्गतको समिति अर्थसमितिमा विचाराधीन थियो। हामीले बनाएको प्रतिनिधि सभा नियमावलीको नियम १२२ ९२० को खिलाफमा गएर प्रक्रियालाई मिचेर मिनि पार्लियामेन्ट भनिने, समितिको गरिमालाई ङ्याकेर यहाँ प्रस्तुत गरिएको छ। त्यसप्रति हाम्रो गम्भीर आपत्ति छ,’ उनले भने, ‘यो सत्तारुढ दलकै सभापतिले छिटो छिटो गर्नुपर्यो भन्या भए हामी एक/दुई हप्तामा पास गर्दिहाल्थ्यौं। कार्यसूचिमा चढिसकेको विचाराधीन विधेयकलाई यसरी मानमर्दन गर्नु हुन्थेन। यो जस लिने होडमा केहीपनि उल्लेख्य काम गर्न नसकेको सरकारले म ज्यूँदै छु है भनेर जनाऊ दिनको लागि प्रस्तुत गरेको जस्तो देखिएको छ।’
Shares

प्रतिक्रिया