एमाले नेता तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले माओवादीले गरेको सशस्त्र विद्रोहलाई हिंसा नै भन्नुपर्ने जिकिर गरेका छन्।
बुधबार (फागुन २१) बिहान काठमाडौँमा आयोजित २६औँ यदु स्मृति दिवस कार्यक्रममा बोल्दै सांसद थापाले सशस्त्र द्वन्द्वलाई हिंसा नभनेर के भन्ने भनी प्रश्न गरेका हुन्।
‘सत्ता बन्दुकको नालबाट निस्कन्छ भन्नेहरू अहिले संसद्मा हिंसा किन भनियो भन्दै छन्’, थापाले भने, ‘त्यो सशस्त्र द्वन्द्व थियो, मारकाट नै थियो, हिंसा नै थियो, हिंसालाई हिंसा नभनी के भन्ने?’
माओवादीलाई हिंसाको राजनीतिबाट शान्ति प्रक्रियामा ल्याइएको उनले बताए।
नेकपा एमाले रुकुमका तत्कालीन सचिव तथा प्रतिनिधिसभाका उम्मेदवार यदु गौतम २०५५ फागुन २१ गते माओवादी कार्यकर्ताबाट मारिएका थिए।
378
Shares

प्रतिक्रिया