पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सिंहदरबारसहित भन्सारमा रहेका पुराना सवारीसाधनहरू यकिन गरी सफाई अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।
मंगलबारको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै उनले अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्ने गरेको भन्दै सिंहदरबार र भन्सारमा वर्षौंदेखि थन्किएका पुराना सवारीसाधनहरू नष्ट गर्नसक्ने र नसक्ने यकिन गरी सफाइ सुरु गर्नुपर्ने बताएका हुन्।
‘अहिले सुन्दर, सफा बनाउने हरेक अभियान चल्छन् तर सिंहदरबारमा यति धेरै हाम्रा पुराना गाडीहरू छन्। वर्षौंदेखिका गाडीहरू छन्। अब म पनि अर्थमन्त्री भइसकेको छु। यो हटाउनलाई केले रोकेको छ?,' उनले भने, 'हरेक भन्सार कार्यालयहरूमा धेरै नष्ट गर्ने कुराहरू छन्। त्यो हुन सकेको छैन। यसलाई अन्त्य गर्न के गर्दा उपयुक्त हुन्छ त्यो गरौँ। भन्सारमा नष्ट गर्न सकिने र नसकिने सामानहरूको यकिन गरेर कसरी यसलाई सफाई गर्नसक्छौँ त्यस दिशामा पनि छलफल गरौँ।’
Shares

प्रतिक्रिया