समाज


ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च पुग्यो अख्तियार

११० जनाविरुद्ध पुनरावेदन
ललिता निवास जग्गा प्रकरणमा सर्वोच्च पुग्यो अख्तियार

नेपालखबर
फागुन २०, २०८१ मंगलबार १७:२, काठमाडौँ

ललिता निवास क्याम्प भित्रको सरकारी सार्वजनिक जग्गा गैरकानूनी रुपमा व्यक्ति तथा संस्था विशेषको नाममा कायम गरी भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।

अख्तियारले कलाधर देउजासहित ११० जनालाई प्रतिवादी कायम गरी विशेष अदालतमा मिति २०७६। माघ २२ गते आरोपपत्र दायर गरेको थियो।

साथै, जग्गा जफत गर्ने प्रयोजनका लागि थप ६५ जनालाई प्रतिवादी बनाइएको थियो।

उक्त मुद्दामा विशेष अदालतको मिति २०८० फागुन ३ को फैसलाबाट प्रतिवादीहरुमध्ये केहीलाई सफाइ र केहीलाई आंशिक सफाइ दिएको थियो।

विशेष अदालतको उपरोक्त फैसलाउपर आयोगलाई चित्त नबुझी आज (फागुन २० गते) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको आयोगले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad