राजनीति


कांग्रेस नेता विश्वकर्मा भन्छन् : यही अवस्थामा अध्यादेश पारित हुँदैन

कांग्रेस नेता विश्वकर्मा भन्छन् : यही अवस्थामा अध्यादेश पारित हुँदैन

नेपालखबर
फागुन १९, २०८१ सोमबार १३:१६, काठमाडौँ

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले यथास्थितिमा सरकारले ल्याएको अध्यादेश पारित हुने अवस्था नरहेको बताएका छन्।

सोमबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता विश्वकर्माले सरकारले अध्यादेश ल्याउन कांग्रेससँग छलफल गरे पनि संसद्‌मा लैजाँदा पार्टीहरूबाट असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको बताए।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन ०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी पनि गरे।

उनले पछिल्लो समय कांग्रेस चलायमान बनिरहेको पनि बताए। अहिलेको अवस्थामा ५५ विभाग निर्माण गरेर ७७ वटै जिल्लामा निरन्तररूपमा कार्यक्रम भइरहेको उनको भनाइ छ।

कांग्रेसको महाधिवेशनसम्बन्धी सञ्चारकर्मीको प्रश्नमा विश्वकर्माले तोकिएको समयमै महाधिवेश हुने बताए। अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरू अब नहुने उनको दाबी छ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीसहित अन्य वैदेशिक सहयोग रोक्ने निर्णय केही समयको चुरीफुरीमात्रै भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad