राजनीति


संविधान संशोधनको नाममा उपलब्धि उल्टाउने खेल भइरहेको छ : प्रचण्ड

संविधान संशोधनको नाममा उपलब्धि उल्टाउने खेल भइरहेको छ : प्रचण्ड

नेपालखबर
फागुन १७, २०८१ शनिबार २०:८, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको बलिदानबाट प्राप्त संविधान संशोधनका नाममा उल्टाउने खेल भइरहेको आरोप लगाएका छन्।

‘जनतासँग माओवादी तराई/मधेस जनजागरण अभियान’अन्तर्गत शनिबार (फागुन १७) सिरहा सदरमुकाममा आयोजित सभामा उनले दशवर्से ‘जनयुद्ध’को जग र जनआन्दोलनबाट प्राप्त संविधान उल्टाउने प्रयास सफल हुन नदिइने बताए।

'अहिले सरकारमा रहेका दलहरू नै संविधान संशोधनको कुरा गरेर नेपाली जनताको अधिकार संकुचित गर्ने, दुईदलीय व्यवस्था कायम गर्नेतर्फ लागेका छन्। जनताको बलिदानबाट प्राप्त यो संविधान उल्टाउने खेल हामी सफल हुन दिन्नौँ,' अध्यक्ष प्रचण्डले भने।

उनले विगतका कमजोरी सच्याएर मधेसी जनतासँग पुनः गहिरो सम्बन्ध कायम गर्न आफूहरूले हुलाकी अभियान थालेको बताए। मधेसी जनताको आत्मसम्मानका निम्ति आफ्नो पार्टी सधैँ प्रतिबद्ध रहेको उनले उल्लेख गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad