राजनीति


स्काउट, रेडक्रस जस्ता संस्थामा राजनीति हुँदा प्रभावकारी बनेनन् : विमलेन्द्र निधि

स्काउट, रेडक्रस जस्ता संस्थामा राजनीति हुँदा प्रभावकारी बनेनन् : विमलेन्द्र निधि

नेपालखबर
फागुन १७, २०८१ शनिबार १७:१५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले नेपाल स्काउट, रेडक्रसलगायतका संस्थामा राजनीतिकरण हुँदा राम्रोसँग काम गर्न नसकेको स्वीकार गरेका छन्।  

शनिबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल स्काउट, रेडक्रस लगायतका संस्थामा धेरै राजनीतिकरण भएको बताएका हुन्।

उनले सामाजिक संस्थाहरूलाई राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल ध्येय नै विचलित हुन पुगेको बताए। उनले नयाँ पुस्ताले अवसर पाउनुपर्ने कुरामा कुनै प्रश्न नरहेको बताए।

‘नेपाल स्काउट, रेडक्रस लगायतका संस्थामा राजनीतिकरण धेरै भएकाले राजनीतिक रूपमा नियन्त्रणमा राख्ने प्रवृत्तिले मूल गोल नै विकसित हुन सकिरहेको छैन। त्यसबाट जोगाएर अघि बढौँ। नयाँ पुस्ताले अवसर पाउनुपर्छ,' उनले भने, 'क्षमताको विकास गर्नुपर्छ। नेतृत्वको विकास गर्नुपर्छ। पुराना पुस्तालाई पनि सम्मान गर्दै जानुपर्छ।’

सांसद निधिले नयाँ पुस्ताले पुरानो पुस्तालाई सम्मान गर्न सक्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad