१० लाखभन्दा बढी मानिसलाई कोरोना भाइरसको संक्रमण हुन सक्ने चेतावनी जारीपछि झन्डै डेढ अर्ब जनसंख्या भएको भारत मंगलबार मध्यरातदेखि पूरै लकडाउन गरिएकाे छ।
मंगलबार साँझ प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको घोषणाअनुसार आगामीत तीन सातासम्मका लागि पूरै भारतलाई लकडाउन गरिएको हो।
अब अत्यावश्यक कामबाहेकको अवस्थामा भारतका १ खर्ब ३० लाख नागरिक घरबाट बाहिर निस्कने छैनन्।
भारतीय सञ्चारमाध्यमका अनुसार स्वास्थ्य अनुसन्धानकर्ताले मध्य अप्रिलसम्म भारतमा १० लाखभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणमा पर्ने प्रक्षेपण गरेपछि मोदीले यो घोषणा गरेका हुन्।
भरतीय प्रधानमन्त्रीले मोदीले सम्बोधनमा भनेका छन्, ‘भारतलाई बचाउन सबै नागरिक, सबै गल्ली र सबै क्षेत्र लकडाउनमा राखिनेछन्।’
सामाजिक दूरी कायम गर्नु भाइरस प्रसार रोक्ने एक मात्र सफल उपाय भएको उल्लेख गर्दै मंगलबार मध्यरातिदेखि लकडाउन गरिएकाे माेदीले बताएका छन्।
सम्बोधनमा उनले भनेका छन्, ‘आगामी २१ दिन हामीले लक डाउन पालना नगर्ने हो भने हामी २१ वर्षले पछि पर्नेछौँ,’
भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ भने १० जनाको मृत्यु भइसकेको छ।
Shares

प्रतिक्रिया