छापा खबर


मुलुकभरको जनजीवन शान्त र ठप्प

मुलुकभरको जनजीवन शान्त र ठप्प

नेपालखबर
चैत १२, २०७६ बुधबार ०:२८,

सरकारले कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको स्व-कफ्र्यु (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र
समर्थन गरेका छन् ।

लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको खबर आजको गोरखापत्र दैनिकमा देबबहादुर कुँवरले लेखेका छन्।

गृह मन्त्रालयका अनुसार काठमाडौंँ उपत्यकालगायत मुलुकका मुख्य सहरहरू र राजमार्गहरू बन्द भएका छन्।

सरकारको निर्णयलाई सर्वसाधारण नागरिकले समर्थन र सहर्ष स्वीकार गरेको दाबी मन्त्रालयले गरेको छ। नेपाल–भारत सीमा नाकामा भारतबाट आउनेहरूको चाप अझै नघटेकाले समस्या देखिएको छ।

गृह प्रवक्ता केदारनाथ शर्माले सीमा नाकामा रोकिएकाहरूको उचित व्यवस्थापन र सहजीकरणका लागि प्रदेश सरकारसँग छलफल गरी आवश्यक निर्णयमा पुग्न निर्देशन भएको बताए।

ट्राफिक प्रहरीले जिल्ला प्रशासन कार्यालयको स्वीकृति (पास) नभएका निजी र सरकारी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तरकारी, दूध, पानी, खाद्य, इन्धन, औषधि र स्वास्थ्यकर्मीका सवारी साधनहरू सञ्चालनमा सहजीकरण गरेको छ।

उपत्यका प्रवेशका सम्पूर्ण नाका बन्द गरिएका छन् तर अत्यावश्यक सामग्री बोकेर आउने सवारीलाई भने सहजीकरण गर्ने गरिएको महानगरीय प्रहरीले जनाएको छ । औषधि पसल २४सै घण्टा खोल्दा फरक नपर्ने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad