राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पूर्वराजाले दिएको अभिव्यक्तिलाई लिएर डराउनुपर्ने अवस्था नरहेको बताएका छन्।
मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
उनले देशभित्र लोकतान्त्रिक विधि र संस्थाहरू संस्थागत हुँदै गएको, अभ्यासहरू परिपक्व हुँदै गएको अवस्थामा डराउनुपर्ने अवस्था नहुने बताए।
सरकारले जनपेक्षाअनुसारका काम गर्न नसकेको बताए। जनचाहनाअनुसारका काम नहुँदा जनतामा निराश उत्पन्न भइरहेको भन्दै जनतामा बढेको निराशाले सत्तापक्ष अत्तालिएको बताए।
99
Shares

प्रतिक्रिया