समाज


प्रधान सेनापति सिग्देलद्वार जंगी अड्डामा सम्बोधन

प्रधान सेनापति सिग्देलद्वार जंगी अड्डामा सम्बोधन

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १८:५९, काठमाडौँ

प्रधानसेनापति अशोकराज सिग्देलले महाशिवरात्रि तथा २६२ औँ सेना दिवसको अवसरमा जंगी अड्डामासक्कलदर्जालाई सम्बोधन गरेका छन्। मंगलबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सिग्देलले नेपाली सेनाका सकलदर्जालाई सम्बोधन गरेका हुन्। 

सोही अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त अधिकारीहरू, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारलाई सेना दिवशको शुभकामना समेत व्यक्त गरे। 

सम्बोधनको क्रममा प्रधान सेनापतिले नेपाली सेनाले निर्वाह गर्दै आएका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढङ्गले पुरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्‍याउने सबैलाई धन्यवाद दिए। 

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो।

यसअघि आजै आयोजित बेग्लाबेग्लै कार्यक्रमहरूमा कर्तव्यपालनाको सिलसिलामा ज्यान गुमाएका सैनिकहरूको सम्मानमा प्रधान सेनापतिले छाउनीमा रहेको वीर स्मारक तथा सैनिक मञ्च टुँडिखेलमा रहेको सहिद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेका थिए। 

छाउनीस्थित वीर स्मारकमा आयोजित कार्यक्रममा प्रधान सेनापतिले वीरगति प्राप्त सैनिकका परिवारजनहरूलाई सम्मानसमेत गरेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad