नेपाल कम्युनिष्ट पार्टी (बहुमत) को महासचिवमा धर्मेन्द्र बास्तोला कञ्चन चयन भएका छन्।
फागुन ४ देखि १० गतेसम्म सम्पन्न महाधिवेशनले बास्तोलाको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको मंगलबार जानकारी दिइयो।
महाधिवेशनले बास्तोलाद्वारा प्रस्तुत ‘दलाल तथा नोकरशाही पुँजीवादी व्यवस्थाको अन्त्य गरौँ, समाजवादी गणतन्त्र स्थापनाको बाटोमा अघि बढौँ’ शिर्षकको प्रतिवेदन छलफलसहित पाति गरेको मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ।
महाधिवेशनमा ५९ जिल्लाका चारसय बढी प्रतिनिधि सहभागी थिए।



111
Shares

प्रतिक्रिया