राजनीति


देशमा विकासको गति तीब्र पारेका छौँः प्रधानमन्त्री ओली

देशमा विकासको गति तीब्र पारेका छौँः प्रधानमन्त्री ओली

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १५:५९, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि वर्तमान सरकार बनेको बताएका हुन्।  

देशमा केही भएन भन्नेकुरा गलत भएको बताएका हुन्। उनले गर्न बाँकी धेरै कुरा रहेको पनि स्वीकारे।   

आफू यसअघि तीन वर्ष प्रधानमन्त्री हुँदा असाधारण परिवर्तन गरेको दाबी गरे। आफूले सुरु गरेको काम अन्य सरकारले अघि नबढाउँदा विकास नभएको उनको आरोप छ।  

‘केही भएको छ, अझै धेरै गर्न बाँकी छ । केही भएको छ । म दावाका साथ भन्छु तीन वर्ष म प्रधानमन्त्री हुँदा अहिलेसम्म असाधारण परिवर्तन भयो,' उनले भने, 'त्यो प्रगतिलाई बीचको तीन वर्षले धान्न सकेन।'

उनले दुई ठूला राजनीतिक दल मिलेर सरकार बनाउनु पनि विगतमा रोकिएका विकास निर्माणका कामहरू अघि बढाउनु रहेको दाबी गरे। अहिले देशमा सुशासन र विकासको गति तीव्र बनाउन सरकारले काम गरिरहेको ओलीको भनाइ छ। 

'अहिले देश धेरै अफ्ठ्यारोमा पर्‍यो भनेर नेपाली कांग्रेस र नेकपा एमाले दुई वटा सबैभन्दा ठूला पार्टी मिलेर सुशासन र विकासको बाटोमा अगाडि लैजान सरकार बनाएका छौँ,' उनले भने, 'शिक्षा, स्वास्थ्यमा विकास, पूर्वाधारमा विकास, बिजुलीमा विकास, सञ्चारमा विकास यी सबै कुरामा विकास हुनुपर्छ। विज्ञान प्रविधिले गरेका उपलब्धीहरूरू सबै नेपाली जनताले पाउने ल्याकतमा हुनुपर्छ। २० प्रतिशत जनता अहिले पनि गरिबीको रेखामूनि छन्।’

प्रधानमन्त्री ओलीले नेपाली बालबालिकाहरू मुस्कुराएको हेर्न चाहेको पनि बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad