राजनीति


प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण भइरहेको छ : प्रचण्ड

प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण भइरहेको छ : प्रचण्ड

नेपालखबर
फागुन १२, २०८१ सोमबार १८:६, काठमाडौँ

नेकपामा ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अहिलेको परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको बताएका छन्।

सोमबार झापाको कचनकवलमा शुरु भएको जनतासँग माओवादी अभियानको उद्घाटन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। उनले अहिलेको परिवर्तनत त्यत्तिकै नआएको बताए। 

उहाँले हजारौँ वीर शहीदहरुको रगत र पसिनाबाट अहिलेको परिवर्तन सम्भव भएको बताए। माओवादीले ल्याएको अहिलेको परिवर्तनमाथि प्रश्न उठाउने गरिएको भन्दै आपत्ति जनाए।

उनले भने, ‘अहिलेको परिवर्तन त्यत्तिकै पाइएको होइन। तपाईं हाम्रा हजारौँ वीर छोराछोरीहरुले रगतको मूल्य तिरेर मात्रै देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको हो। यो संघीय लोकतान्त्रिक गणतन्त्रप्रति दलालहरुले तपाईं हामी जनतालाई माया गरेर हामीलाई दिएको परिवर्तन होइन। तपाईं हामीले रगत बगाएर त्याग, तपस्या गरेर वीरतार बलिदानका धेरै कीर्तिमानहरु कहिल्यै नमेटिने गरी तयार पारिएका बलमा मत्रै यो परिवर्तन सम्भव भएको हो। अहिले यो परिवर्तनमाथि प्रश्न उठाउन खोजिएको छ। अहिलेको संविधानमा एकथरी मान्छेहरुले त्यसको प्रश्तावनादेखि अन्त्यसम्म माओवादीको छाप देख्छन्।’

अध्यक्ष दाहालले एकथरीले प्राप्त उपलब्धि खोस्न संविधानमाथि आक्रमण गर्ने गरेको बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad