ad ad

राजनीति


कोरोना विशेष कोषमा राप्रपाबाट पाँच लाख सहयोग

कोरोना विशेष कोषमा राप्रपाबाट पाँच लाख सहयोग

नेपालखबर
चैत ११, २०७६ मंगलबार १२:५६,

सरकारले खडा गरेको कोरोना भाइरस संक्रमण विरुद्धको विशेष कोषमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ।

राप्रपाका कोषाध्यक्ष चन्द्रबहादुर गुरुङ र गणेश चन्दले मंगलबार विज्ञप्ति प्रकाशित गरी राप्रपाको सहयोग घोषणा गरेका हुन्।

सरकारले खडा गरेको कोषमा विभिन्न संघ, संस्था तथा व्यक्तिहरुले सहयोग रकम जम्मा गरिरहेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसहित प्रधानमन्त्रीको कार्यालयका सदस्यहरुलेसमेत रकम सहयोगको घोषणा गरेका छन्।

यस्तै, नेकपा र नेपाली कांग्रेसका सांसदहरुले आफ्नो १५ दिनको तलव जम्मा गर्ने घोषणा गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .