ad ad

राजनीति


प्रदेश २ : मन्त्रीको नेतृत्वमा समिति गठन, कोरोनाकाे उपचार जनकपुर अस्पतालमा

प्रदेश २ : मन्त्रीको नेतृत्वमा समिति गठन, कोरोनाकाे उपचार जनकपुर अस्पतालमा

शैलेन्द्र महतो
चैत ११, २०७६ मंगलबार १२:४३,

प्रदेश २ सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि प्रदेश स्तरीय कोभिड–१९ समिति गठन गरेको छ।

समाजिक विकास मन्त्री नवलकिशोर साहको संयोजकत्वमा समिति गठन भएको प्रदेश स्वास्थ्य निर्देशनालयका बरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। समितिमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सदस्य छन्।

कोभिडको उपचार, नियन्त्रण तथा व्यवस्थापनको लागि कमिटीले काम गर्नेछ। कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि समिति भोलि बुधबारदेखि सक्रिय हुने उनले बताए।

समाजिक विकास मन्त्रालयले मंगलबार कोरोना संक्रमण तथा रोकथामको विषयमा छलफल गर्न सम्बन्धित पक्षको बैठक डाकेको थियो। बैठकमै मन्त्री साहको संयोजकत्वमा समिति गठन भएको अधिकृत झाले बताए।

बैठकले कोरोना भाइरस पोजेटिभ भेटिएको बिरामीलाई उपचारको लागि जानकी मेडिकल शिक्षण अस्पतालको जनकपुरस्थित सिटी हस्पिटलमा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ।

सिटी हस्पिटलमा कोरोनाको मात्रै उपचार गर्ने र त्यहाँ रहेका अन्य बिरामीलाई बाहिर सिफ्ट गरिने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .