नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले 'वर्किङ क्यालेन्डर र बनाएर समितिको बैठक सञ्चालन गर्न माग गरेका छन्। आज आइतबार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर छलफलमा सहभागी हुँदै उनले यस्तो माग गरेका हुन्।
उनले १५ दिनमा समितिका दुई वटा बैठक बस्ने र पनि समयमै बस्न नसकेकोप्रति आपत्ति जनाए।
१५ दिन आफूले जिल्लाका सबै कार्यक्रमहरु रोकेर विधेयकलाई टुंगो लगाउन बसेको भए पनि समितिको बैठक दुईपटक मात्रै बसेको उनको गुनासो छ।
दफावार छलफललाई कति दिनभित्र सक्ने भन्ने विषयलाई लिएर क्यालेन्डर बनाउन उनको माग छ।
उनले बैठक बोलाएको समयभन्दा एक घन्टा ढिलो बस्ने गरेको भन्दै आगामी बैठकमा पनि यस्तै गर्ने भए दुई घन्टापछि आउने घोषणा गरे।
63
Shares

प्रतिक्रिया