राजनीति


कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर

कांग्रेसका मन्त्रीहरूले एमालेसँग सहकार्य गर्नुस्, हामी खबरदारी गर्छौं : शेखर

नेपालखबर
फागुन ११, २०८१ आइतबार १२:३२, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले नेकपा एमालेसँग सहकार्य गरे पनि सरकारमा सहभागी नभएका कांग्रेस सांसदहरूले खबरदारी गर्नुपर्ने बताएका छन्।

केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा सांसद कोइरालाले नेपाली कांग्रेस सत्ता पक्ष भए पनि सरकारमा नरहेको अभिव्यक्ति दिएका थिए।

उक्त अभिव्यक्तिलाई लिएर कतिपयले कांग्रेस र एमालेबीच सत्ता सहकार्यमा खटपट सुरु भएको अनुमान गरेका थिए। सांसद कोइरालाले आफ्नो अभिव्यक्ति त्यस्तो भन्न खोजेको नभई पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले एमालेसँग सहकार्य गर्ने तर बाहिर रहेका अन्य सांसदहरूले खबरदारी गरिरहनुपर्ने आशय आफ्नो नरहेको स्पष्ट पारे।

उनले आगामी निर्वाचनमा पनि एमाले नै कांग्रेसको प्रतिष्पर्धी हुने भएकाले बाहिर रहेका सांसदहरूले सरकारलाई गलत काम गर्न नदिन खबरदारी गर्नुपर्ने आफ्नो अभिव्यक्तिको आशय भएको बताए।

नेता कोइरालाले ०८२ को मंसिरभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने अधिकांश कार्यकर्ताहरूको चाहना रहेकाले तोकिएको समयमै अधिवेशन गर्न जरुरी रहेको बताए। तोकिएको समयभन्दा पछि धकेलेर अधिवेशन गरे कांग्रेस, लोकतन्त्र र देश कमजोर हुने बताए।

सांसद कोइरालाले भने, ‘नेपाली कांग्रेसको महाधिवेशन ०८२ मंसिरभित्र हुनुपर्छ भन्ने हामी नेपाली कांग्रेसका धेरै कार्यकर्ताहरूको इच्छा छ। ४ वर्षभित्र महाधिवशेन गर्नुपर्छ भन्ने हाम्रो विधानमा छ। तर केही कारणवश रोकियो भने एक वर्ष नेपाली कांग्रेसको विधानले रोक्न सक्नेछ। तर कुनैपनि हालतमा ०८४ को निर्वाचनपछि महाधिवेशन गर्ने केही साथीहरूको तर्क छ, त्यसले नेपाली कांग्रेसलाई कमजोर बनाउँछ, लोकतन्त्र र देशलाई कमजोर बनाउँछ।'

सांसद कोइरालाले सरकारलाई खबरदारी गर्नु आफूहरूको दायित्व भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad