धनकुटाको स्कुलडाँडास्थित कोसी लोकमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
बुधबार बिहान धनकुटा बजारबाट हिलेतर्फ जाँदै गरेको को १२.प ८०९८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको को.२५ प १७७ नम्बरको मोटरसाइकल स्कुलडाँडामा एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धनकुटा पुर्याइएको थियो।
अस्पतालमा को.१२ प ८०९८ नम्बरका मोटरसाइकल चालक ५५ वर्षीय विशाल चौधरीको उपचारको क्रममा बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ९ झुम्का घर भई हाल धनकुटा नगरपालिका वडा नम्बर ७ सब्जी लाइन बस्दै आएका चौधरीको उपचारका क्रममा ज्यान गएको हो।
दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालक धनकुटा नगरपालिका वडा नम्बर १ हिलेका ३२ वर्षीय श्याम तामाङको अवस्था गम्भीर रहेकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया