राजनीति


गगन थापाले महिला संघपछि दलित संघको अध्यक्ष पनि चितवनकै रामुदामुलाई बनाए

गगन थापाले महिला संघपछि दलित संघको अध्यक्ष पनि चितवनकै रामुदामुलाई बनाए

विपेन्द्र रामुदामु


नेपालखबर
असार २, २०८३ मंगलबार ११:४०, काठमाडौँ

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल दलित संघको केन्द्रीय अध्यक्षमा विपेन्द्र रामुदामुलाई मनोनयन गरेका छन्।

सभापति गगन थापाले सोमबार चितवनका रामुदामुलाई दलित संघ अध्यक्ष मनोनयन गरेका हुन्।

कांग्रेस महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत रहेका उनी नेपाल सुनचाँदी व्यवसायी तथा कालिगढ संघर्ष समितिका संयोजक हुन्।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको वैशाख २१ को निर्णयअनुसार सभापति थापाले रिक्त नेपाल दलित संघको अध्यक्षमा रामुदामुलाई मनोनयन गरेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

तोकिएको समयभित्रै महाधिवेशन सम्पन्न गर्न ११ बुँदे कार्यादेश र कार्यविवरणसहित जिम्मेवारी दिइएको उनले बताए। 

दलित संघको अध्यक्षमा चितवनका रामुदामुलाई मनोनयन गर्नुले कांग्रेस सभापति थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रलाई प्राथमिकता दिएको देखिन्छ।

थापाले यसअघि नेपाल महिला संघको अध्यक्षमा पनि चितवनकै मीना खरेललाई मनोनयन गरेका छन्। 

मीना खरेलले गत फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपा सभापति लामिछानेसँग प्रतिस्पर्धासेमत गरेकी थिइन्। 

कांग्रेसका प्रमुख भ्रातृ संस्था ध्ये महिला र दलित संघको अध्यक्ष चितवनले पाएको छ।

सभापति थापाले नेविसंघमा पहिलोपटक महिलालाई नेतृत्वमा ल्याएका हुन्।

सभापति थापाले जेठ १८ मा धनकुटाकी करुण कटुवाललाई नेविसंघकी अध्यक्षमा मनोनयन गरेका थिए भने जेठ १० मा नेपाल तरुण दल अध्यक्ष काठमाडौँका मनिष कोइरालालाई बनाएका छन्। 

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले बनाएका भ्रातृ संस्थाका तदर्थ समिति भंग गरेर सभापति थापाले धमाधम नयाँ नेतृत्व चयन गरिरहेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad