राजनीति


पूर्वराष्ट्रपति विद्या भण्डारी ३ दिनदेखि थाइल्यान्डमा

पूर्वराष्ट्रपति विद्या भण्डारी ३ दिनदेखि थाइल्यान्डमा

फाइल तस्बिर


नेपालखबर
फागुन ८, २०८१ बिहिबार १५:२४, काठमाडौँ

पूर्वराष्ट्रपति विद्या भण्डारी तीन दिनदेखि थाइल्यान्डमा छिन्।

उनी उपचारका लागि थाइल्यान्डमा रहेकी हुन्।

भण्डारीनिकट एक नेताका अनुसार विद्या फागुन ५ गते थाइल्यान्ड गएकी हुन्। 

सुरुमा फागुन १२ गते फर्कने तयारी भए पनि उपचार नसकिएकाले थप केही दिन उतै रहने ती नेताले जानकारी दिए।

ब्लड क्यान्सर जितेकी भण्डारीको कम्मरनजिक समस्या देखिएपछि उपचार गरिएको हो। 

‘उहाँको स्वास्थ्यमा पुरानै केही समस्या छ, त्यही भएर बेलाबेलामा  परीक्षण गराउनुपर्छ। अहिले पनि परीक्षणकै लागि उहाँ थाइल्यान्डमा हुनुहुन्छ। यसपटक आँखा पनि जचाउनुपर्ने छ। रिपोर्टहरू आउन ढिला हुने भएकाले अझै केही समय उतै रहनसक्नुहुन्छ’, ती नेताले नेपालखबरसँग भने।

एमालेको सक्रिय राजनीतिमा फर्कन तयारी गरिरहेकी भण्डारी फागुन अन्तिम साता केही जिल्लाको भ्रमणमा निस्कने कार्यक्रम बन्दै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad