राजनीति


शंकर पोखरेलको टिप्पणी : पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ

शंकर पोखरेलको टिप्पणी : पूर्वराजालाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ

नेपालखबर
फागुन ७, २०८१ बुधबार १२:३४, काठमाडौँ

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरेका छन्। 

एमालेको वडा केन्द्रित अभियानको शुभारम्भ गर्न आज कपिलवस्तु पुगेका महासचिव पोखरेलले २०६२/०६३ को जनआन्दोलनबाट राजसंस्था हटाएर राजीतिक आन्दोलन सफल भए पनि फेरी पञ्चायती भूत सल्बलाउन थालेको टिप्पणी गरेका हुन्। 

महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे। 

'अचेल फेरि पञ्चायतकालीन भूत सल्बलाउन थालेका छन्,' महासचिव पोखरेलले भने, 'राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिदैछ।'

राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए। 'सामन्ती राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ,' उनले भने, 'अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस्।'

महासचिव पोखरेलले पूर्ण क्रान्ति सफल बनाउन बलिया राजनीतिक शक्ति निर्माण गरिनुपर्ने बताए। आफूले बलिया दुई राजनीतिक दलको वकालत गर्दा दल खोल्न प्रतिबन्ध लगाउन खोजेको आरोप खेप्नु परेको भन्दै उनले आफू दल खोल्न निषेधको पक्षमा नभएको स्पष्ट पारे।

महासचिव पोखरेलले भने-दल खोल्न प्रतिबन्ध गर्ने होइन,थ्रेसहोल्डको प्रतिशत बढाउनुपर्छ।'  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad