राजनीति


ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेको भन्दै सांसदको आपत्ति

ज्ञानेन्द्र शाहीले राष्ट्रियसभालाई वृद्धाश्रम भनेको भन्दै सांसदको आपत्ति

नेपालखबर
फागुन ४, २०८१ आइतबार १३:४२, काठमाडौँ

राष्ट्रियसभामा नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले राष्ट्रिय सभालाई वृद्धाश्रम भनेको भन्दै आपत्ति जनाउनुभएको छ ।

आइतबारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राष्ट्रियसभालाई केही दिनको पाहुना र वृद्धाश्रम भन्नुभएको भन्दै आपत्ति जनाएकी हुन्। 

उनले सांसद शाहीको भनाइप्रति खेद प्रकट गर्दै सभाले पनि खेद प्रस्ताव पारित गर्नुपर्ने माग गरे। 

‘प्रतिनिधि सभाको सदस्य ज्ञानेन्द्र शाहीले राष्ट्रिय सभालाई वृद्धाश्रम र दुई दिनको पाहुना भनि राष्ट्रिय सभा विशेष अधिकारको हनन भएको छ,' उनले भनिन्, 'उक्त भनाइप्रति म खेद प्रकट गर्दछु। साथै यो सम्मानित सभाले खेद प्रश्ताव पारित गरियोस् र सरकारको जवाफ माग गर्दछु।’ 

उनले सरकारसँग पनि यसबारे जवाफ माग गरिन्।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad