नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को नेतृत्व चयनका लागि भएको चुनावको मत गणना आज हुँदै छ।
नेसपा नयाँ शक्तिको प्रथम महाधिवेशनअन्तर्गत भएको मतदान मंगलबार मध्यराति सकिएको हो।
एक प्रतिनिधिका अनुसार अब अहिले बिहान १० बजे आसपास मतगणना सुरु हुने छ।
नेसपा नयाँ शक्तिको अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्र चापागाईं प्रतिस्पर्धामा छन्।
प्रथम महाधिवेशनले नेसपा नयाँ शक्तिको ९० सदस्यीय केन्द्रीय समिति चयन गर्दै छ।
तर महिला र दलित उपाध्यक्षमा क्रमशः मानुषी यमी भट्टराई र दुर्गा सोब, कोषाध्यक्षमा हरि रिजाल र १७ केन्द्रीय सदस्य भने निर्विरोध निर्वाचित भइसकेका छन्।
अध्यक्षलगायत पदाधिकारीसहित ७० पदका लागि मतदान भएको हो।
504
Shares

प्रतिक्रिया